नुवाकोटमा आज थपिए २६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २ सय १४ पुग्यो

विदुर खबर २०७७ असोज २५ गते २०:१७

नुवाकोट । नुवाकोटम आज एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २३ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको मैथली ब्यारेकमा रहेका १४ जना सैनीकहरु, किस्पाङ गाउँपालिकामा ४ जना, सलखु गाउँपालिकामा एकजना, बेलकोटगढी र विदुर नगरपालिकामा समान ४ जनामा कोरोना संक्रमण देखिएको हो । आज २६ जनामा कोरोना संकमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १४ पुगेको हो ।

संक्रमितमध्ये एकसय २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् जसमा ९७ पुरुष र २८ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल विभिन्न स्थानमा गरि ८९ जनाले आइसोलेसनमा उपचार गरिरहेको कार्यालयले जनाएको छ ।

Advertisement

यसैविच नुवाकोटमा कोरोना संक्रमण स्थानिय स्तरमा देखिएको भन्दै स्वास्थ्य कार्यालय नुवाकोटले सचेत रहन सबैलाई आग्रह गरेको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले कोरोना भाइरसका संक्रमित जिल्लामा दिनानुदिन बढेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका हु्न् ।

प्रतिक्रिया