नुवाकोटमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७७ असोज २४ गते १९:५६

नुवाकोट । नुवाकोटमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगर नगरपालिकाका १० जना , दुप्चेश्वर गाउँपालिकाका ११ जना, ककनी गाउँपालिकाका ३ जना र तारकेश्वर गाउँपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाकी ५० वर्षिय एक महिला, २५,२६,२८,३०,४२,४३,४३,४५ र ५३ गरि ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै दुप्चेश्वर गाउँपालिकाका दुई जना २८, ३४,३६ र ६० वर्षिय महिला तथा २७,३०, दुई जना ३५ र ३८ वर्षिय गरि ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Advertisement

यस्तै ककनी गाउँपालिकाका २६ र ४३ वर्षिय महिला तथा २० वर्षिय एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा तारकेश्वर गाउँपालिकाका ६० वर्षिय पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ८८ पुगेको छ । जसमा एकसय ३९ पुरुष र ४९ जना महिला रहेका छन् । यस्तै नुवाकोटका एकसय २४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Advertisement

त्रिशुली र खरानीटार अस्पतालमा गरि २१ जना आइसोलेसन वार्डमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया