देबिघाट जलबिद्युत केन्द्रका ९ जना कर्मचारीमा संक्रमण

विदुर खबर २०७७ असोज २४ गते १९:१४

नुवाकोट । शनिवार बिदुर नगरपालिका वडा नम्वर ६ स्थित नेपाल बिद्युत प्राधिकरण देबिघाट जलबिद्युत केन्द्रका ९ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

केही दिनअघि केन्द्रका ११ जना कर्मचारीहरुको स्वाव परीक्षणका लागि पठाईएकोमा शनिवार ९ जनाको रिपोर्ट पोजेटिभ आएको केन्द्र प्रमुख सुरजकुमार दहालले जानकारी दिएका छन् । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बिद्युतगृहको नियमित काममा समेत त्यसको प्रभाव देखिएको र संक्रमित कर्मचारीहरुलाई जलबिद्युत केन्द्र नजिकैको आवासमा होम आईशोलेसनमा रहने प्रबन्ध मिलाईएको समेत प्रमुख दहालले जानकारी दिए ।

प्रतिक्रिया