नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
असोज २१ गते गरिएको स्वाव परिक्षणबाट आफू र उपाध्यक्ष लगायत ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले पनि आफ्नो रिपार्ट पोजेटिभ आएको बताएकी छिन् । अध्यक्ष एवं उपाध्यक्ष दुवै जनाले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परिक्षण गराउन भनेका छन् ।
कोरोना संक्रमण पुष्टि भए नभएको विषयमा दुप्चेश्वरका सीआईसीटी (केश इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक्ट टे«सिङ टिम) का अधिकृत सुदिप थापासँग सम्पर्क गर्दा ११ जनामा पोजेटिभ देखिएको कुरा आएको तर, आधिकारिक रुपले जानकारी आइनसकेको बताएका छन् । गत २१ गते बुधबार गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङ, उपाध्यक्ष अन्जु आचार्य लगायत केही कर्मचारी, सवारी चालक एवं स्थानिय व्यापारीहरु गरी १८ जनाको स्वाव संकलन गरिएको थियो ।
पछिल्लो समय गाउँपालिकाका अध्यक्ष लगायत केही व्यक्तीमा कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परिक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष, उपाध्यक्ष लगायत संक्रमितहरु होम आइसोलेशनमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया