अनेरास्ववीयु नुवाकोटमा विवाद, ओम श्रेष्ठको नेतृत्वमा समानान्तर कमिटि गठन

विदुर खबर २०७७ असोज २३ गते १९:४४

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटमा विवाद देखिएको छ ।

Advertisement

यसअघि गठन भएको अनेरास्ववियु नुवाकोटको कार्य समिति गठनको क्रममा पार्टीका जिम्मेवार सदस्यहरुलाई छाडेर अन्धाधुन्न कमिटिमा पार्टीमा योगदान नभएका व्यक्तिहरुलाई समेटेर कमिटि गठन गरेको भन्दै ओमप्रकाश श्रेष्ठको संयोजकत्वमा समानान्तर कमिटि गठन गरिएको हो । अनेरास्ववियुको कार्यविधि भन्दा वाहिर गएर कमिटि गठन गरिएको भन्दै समानान्तर कमिटि गठन गरिएको समानान्तर कमिटिका संयोजक रहेका ओमप्रकाश श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

समानान्तर कमिटिको सहसंयोजकको जिम्मा तत्कालिन माओवादी निकट विद्यार्थी संगठनका विनोद कोइरालाले नै पाएका छन् । उनी यसअघि गठन भएको कमिटिको समेत सहसंयोजक रहेका थिए । तर समानान्तर कमिटिमा पनि आफुहरुको नाम समावेश भएको भन्दै अनेरास्ववियु नुवाकोटका सदस्य अच्युत धमला,कोपिला अर्याल लगायतले भने आफुहरुले थाहै नपाई समानान्तर कमिटिमा नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाएको छन् ।

Advertisement

यसअघि विष्णु दाहालको संयोजकत्वमा रहेको अनेरास्ववियु नुवाकोटको कार्य समितिले पुर्णता पाएको थियो ।

Advertisement

प्रतिक्रिया