नुवाकोटमा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ असोज २३ गते १७:०१

नुवाकोट । नुवाकोटमा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका हुन् । निको भएर फर्कनेहरुमा विदुर नगरपालिकाका २ जना र बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकाका एकजना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका ४९ वर्षिय पुरुष र २९ वर्षिय महिला रहेका छन् भने बेलकोटगढी नगरपालिकाका २२ वर्षिय पुरुष र लिखु गाउँपालिकाका २८ वर्षिय पुरुष रहेका छन् ।

उनीहरु त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचारपश्चात निको भएर घर फर्किएको कार्यालयका सुचाना अधिकारी खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानको संख्या एकसय २३ पुगेको छ । जसमा निको भएर घर फर्कनेमध्ये ९५ महिला र २८ पुरुष रहेका छन् ।

Advertisement

२ जना कोरोना संक्रमित भेटिए

स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

कार्यालयका अनुसार विदुर नगरपालिकाका २५ वर्षिय महिला र सुर्यगढी गाउँपालिकाका ५२ वर्षिय एक पुरुसमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६४ पुगेको छ ।

प्रतिक्रिया