नुवाकोटमा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा एकैदिन ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका हुन् । निको भएर फर्कनेहरुमा विदुर नगरपालिकाका २ जना र बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकाका एकजना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका ४९ वर्षिय पुरुष र २९ वर्षिय महिला रहेका छन् भने बेलकोटगढी नगरपालिकाका २२ वर्षिय पुरुष र लिखु गाउँपालिकाका २८ वर्षिय पुरुष रहेका छन् ।
उनीहरु त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचारपश्चात निको भएर घर फर्किएको कार्यालयका सुचाना अधिकारी खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानको संख्या एकसय २३ पुगेको छ । जसमा निको भएर घर फर्कनेमध्ये ९५ महिला र २८ पुरुष रहेका छन् ।
२ जना कोरोना संक्रमित भेटिए
स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार विदुर नगरपालिकाका २५ वर्षिय महिला र सुर्यगढी गाउँपालिकाका ५२ वर्षिय एक पुरुसमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६४ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया