नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६१ पुग्यो

विदुर खबर २०७७ असोज २२ गते २०:२४

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६१ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटको विदुर नगरपालिकाका २७ वर्षिय एकजना पुरुषमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकसय ६१ पुगेको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले नुवाकोटमा दिनप्रतिदिन कोरोना संक्रमित बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जिल्लामा हरेक दिन संक्रमित बढी रहेको र नेपालीहरुको महान चाडपर्व समेत नजिकिएकोले उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल सं्रकमितमध्ये एकसय २१ पुरुष र ४० जना महिला रहेका छन् । संक्रमितमध्ये एकसय १९ जना निको भएर घर फर्किसकेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । खनालका अनुसार २४ जना संक्रमितको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा र बाँकी एक जनाको खरानीटार अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा ५ हजार ६८ जनाको पिसिआर परिक्षण भएको छ भने ४ हजार ८ सय ५० जनाको पिसिआर परिक्षण हुँदा २ सय १७ जनाको रिर्पाट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालउ नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया