नुवाकोटको ककनीका ४ पुरुषमा कोरोना संक्रमण

विदुर खबर २०७७ असोज २१ गते १७:३१

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ककनी गाउँपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार ककनी गाउँपालिकाका ३५, ४०, ५५ र ५९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६१ पुगेको छ । जसमध्ये एकसय २१ जना पुरुष र ४० जना महिला रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

त्यस्तै नुवाकोटका एकसय १९ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । जसमध्ये ९२ पुरुष र २७ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया