नुवाकोटमा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढि

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा रहेका कुल एकसय ५७ संक्रमितमध्ये एकसय १७ जना पुरुष र ४० जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लाका ४ हजार ९ सय ५५ जनाको स्वाव संकलन हुँदा ३ हजार ८ सय एक जना पुरुष र एक हजार एकसय ५४ जना महिलाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै नुवाकोटमा रहेका एकसय ५७ जना कोरोना संक्रमितमध्ये एकसय १९ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । उनका अनु्सार पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका २८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
हाल नुवाकोटको विभिन्न अस्पतालको आइसोलेसन वार्डमा २५ जना कोरोना संक्रमित विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया