यी हुन् प्रदेशसभा तोडफोडमा उत्रिएका कांग्रेसका ३ सांसद
नुवाकोट । सोमबारको प्रदेश ५ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई बिर्सनलायक दिन बनेको छ।
संसदीय इतिहासमा कुर्ची तोडफोडको घटनाबाट कांग्रेसले पाठ नसिकेको देखिएको छ। विगतमा संघीय संसदमा हुने घृणित कार्य बुटबलमा कांग्रेसले प्रर्दशन गरेको छ। प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव संसदमा पेस गरेदेखि नै कांग्रेसले उग्र व्यवहार देखाउँदै आएको थियो।
चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले एक कर्मचारीको स्कुटर जलाइदिएपछि सर्वत्र आलोचित भएको थियो। बाहिरी आलोचनालाई सुन्दै नसुनेको कांग्रेसका स्थानीय नेता कार्यकर्ताले विरोधका कार्य यथावत् नै राखेका थिए। शान्तिपूर्ण आन्दोलनको ठाउँमा कांग्रेसले उग्रता प्रर्दशन गरिरहेको छ।
सोमबारको संसद बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल हुने संसदको कार्यसूची थियो। निर्धारित १२ बजे संसद बैठक सुरु हुन सकेन। त्यसअघि सत्तारुढ दल नेकपा र कांग्रेसको संसदीय दलको बैठकले संसद् केही बेर ढिलो गरी सञ्चालन भएको थियो। मूलतः नेकपाभित्रको विवादले संसद बैठक पर धकेलिएको थियो।
संसदको कार्यसूची अनुरुप सभामुख पूर्णबहादुर घर्तीले संसदको कारबाही सुरु गर्ना साथ कांग्रेसका सांसदहरू रोस्ट्रम अघि नाराबाजीमा उत्रिए। सभामुख घर्तीले कांग्रेसका सांसदको नाराबाजीकै क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गर्न समय दिए।
केसीले बोल्ने क्रममा कांग्रेसका सांसदको नाराबाजी जारी थियो। केसीले बोलेर सकेका मात्रै थिए,कांग्रेसका सांसद तोडफोडमा उत्रिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया