नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ५६ पुग्यो, आज ५ थपिए
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ५६ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लाका एकसय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एकसय १६ जना पुरुष र ४० जना महिला रहेका छन् ।
कार्यालयका सुचना अधिकारी खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ पुरुष र एकजना महिला रहेका छन् । संक्रमितमध्ये विदुर नगरपालिकाका २४, ४० र ४३ वर्षका पुरुष छन् भने बेलकोटगढी नगरपालिकाकी ५४ वर्षिय एक महिला रहेकी छन् ।
यस्तै नुवाकोटका एकसय १९ जनाका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ९२ पुरुष र २७ महिला रहेका छन् । कार्यालयका अनुसार अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा २१ जना र खरानीटार अस्पतालमा एकजना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया