नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ५६ पुग्यो, आज ५ थपिए

विदुर खबर २०७७ असोज १९ गते २०:३९

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ५६ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लाका एकसय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एकसय १६ जना पुरुष र ४० जना महिला रहेका छन् ।

कार्यालयका सुचना अधिकारी खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ पुरुष र एकजना महिला रहेका छन् । संक्रमितमध्ये विदुर नगरपालिकाका २४, ४० र ४३ वर्षका पुरुष छन् भने बेलकोटगढी नगरपालिकाकी ५४ वर्षिय एक महिला रहेकी छन् ।

Advertisement

यस्तै नुवाकोटका एकसय १९ जनाका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ९२ पुरुष र २७ महिला रहेका छन् । कार्यालयका अनुसार अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा २१ जना र खरानीटार अस्पतालमा एकजना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया