अनेरास्ववीयु नुवाकोटको कार्य समितिले पुर्णता पायो
विदुर खबर
२०७७ असोज १७ गते २१:४७

नुवाकोट । अन्तत लामो रस्साकस्सीपछि अनेरास्ववीयु नुवाकोटको जिल्ला कार्य समितिले पुर्णता पाएको छ ।
तत्कालिन एमाले र तत्कालिन माओवादीबीच एकता भएको लामो समय बितिसक्दा समेत अनेरास्ववीयु नुवाकोटको जिल्ला कार्य समितिले पुर्णता पाउन सकेको थिएन ।
तर शनिवार अनेरास्ववीयु नुवाकोट कमिटिले पुर्णता पाएको हो । अनेरास्ववीयु नुवाकोटको संयोजकको जिम्मा यसअघि नै विष्णु दाहाल र सहसंयोजकको जिम्मेवारी विनोद कोइरालाले पाइसकेका छन् । ६१ सदस्यीय कार्य समितिमा ३२ जना पुर्व एमालेका छन् भने २९ जना पुर्व माओवादीका रहेका छन् ।
अनेरास्ववीयुका सचिव र उपाध्यक्ष जिल्ला कार्य समितिमा नसमेटिनुमा पुर्व माओवादीका सहसचिव सहसंयोजक रहेको र उनीभन्दा माथिल्लो वरियतामा रहेकोले प्रदेश कमिटिमा पढाउने तयारी गरिएको बताइएको छ ।

यस्तो छ अनेरास्ववीयु नुवाकोटको कार्यसमिति ।
सम्बन्धित
प्रतिक्रिया