नुवाकोटका थप एकजनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ असोज १७ गते १६:५५

नुवाकोट । नुवाकोटका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा विदुर नगरपालिकाकी एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा एकसय ४२ पुगेको छ । त्यस्तै नुवाकोटका एकसय १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ४ हजार ८ सय ४८ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये एकसय १४ जनाको नतिजा आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया