नुवाकोटको विदुर नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण गर्दै

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।

कुकुर बन्ध्याकरण अभियानको उद्घाटन गर्दै नगरपालिकाका पदाधिकारीहरु ।
नगरपालिकाले छाडा छाडिएको कुकुरहरुको बन्ध्याकरण शुरु गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए । बजारमा छाडा रुपमा हिड्ने कुकुरलाई कर्मचारी परिचालन गरि नियन्त्रणमा लिइ बन्ध्याकरण गर्ने लक्ष्य लिइएको उनले बताए । रेबिज रोग, सडक दुर्घटना लगाएत संभावित खतराबाट मानिस र वस्तुभाउलाई जोगाउन भुस्याहा कुकुर नियन्त्रण अभियान अन्तर्गत बन्ध्याकरण अभियान शुरु गरिएको आयोजकले जनाएको छ । नुवाकोटमा कुकुरहरुको बन्ध्याकरण गरिएको यो पहिलो पटक हो ।
भुस्याहा कुकुर समूह बनाएर हिड्ने, मान्छे र चल्ला कुखुरा र गाईबाख्रालाई टोक्दा, रेबिजको खतरा बढ्न थालेपछि सन्तान उत्पादनमा कमी ल्याउन विकल्प खोजेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोलीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने मेयर पण्डितले जानकारी दिए ।
त्यस्तै विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले कुकुरले नगरको रात्रिकालीन सुरक्षाको काम गरे पनि नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नगरपालिकाले बन्ध्याकरण अभियान सञ्चालन गरेको बताइन् । यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशु चिकित्सक संलग्न छन् , उनले भनिन् “यो अभियान नगरका सबै वडाका टोलमा सञ्चालन हुनेछ ।”
पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा नगरपालिकाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले बताए । उनले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिए ।
बन्ध्याकरणका लागि ल्याइएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताए । “एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया