नुवाकोटका थप एक जनामा कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज १५ गते १८:१८

नुवाकोट । नुवाकोटका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित भेटिएका हुन् । संक्रमित हुनेमा १७ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ३२ पुगको छ । जसमा एकसय १३ पुरुष र ४३ महिला रहेका छन् । त्यस्तै जिल्लामा कोरोना निको भएर घर जानेहरुको संख्या एकसय १६ पुगेको छ जसमा ९० पुरुष र २६ महिला रहेका छन् ।
हालसम्म नुवाकोटका ४ हजार ७ सय ६३ जनाको पिसिआर परिक्षण भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया