नुवाकोटमा विद्यालय संचालनबारे प्रशासन र स्थानीय तहबीच विवाद
नुवाकोट । सामुदायिक र संस्थागत विद्यालय सञ्चालनबारे जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच मतभेद देखिएकाे छ।
हालै खुलेका विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेपछि मतभेद सतहमा आएको हो । स्थानीय निकायले जिल्ला प्रशासन कार्यालयको आग्रह नमान्ने अडान राखेको छ। जिल्लाका विभिन्न स्थानीय तहमा विद्यालय सञ्चालनको खबर पाएपछि प्रशासनले बुधबार एक सूचना जारी गर्दै प्रशासन र सरकारको निर्णय विपरित विद्यालय सञ्चालन गरे कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्रिपरिषद्को भदौ २९ को निर्णयलाई आधार बनाएर शिक्षण संस्था सञ्चालन नगर्न प्रशासनले निर्देशनात्मक अनुराेध गरेको हो । शिक्षा मन्त्रालयको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा विद्यालय खोल्ने सन्दर्भ कतै उल्लेख नगरिएकाले विद्यालय खोल्न मनाही गरिएको प्रशासनको सूचनामा उल्लेख छ।
कोभिड–१९ बाट नुवाकोटमा अहिलेसम्म १ सय ३१ जना संक्रमित भइसकेका छन् भने १५ जना सक्रिय संक्रमित छन् । विद्यालय तथा शिक्षण संस्था खुला गर्दा विद्यालयबाट संक्रमणको जोखिम हुने भएकाले पनि तत्कालका लागि विद्यालय खोल्न नहुने पक्षमा प्रशासन छ।
प्रशासनले विद्यालय नखोल्न निर्देशन दिए पनि स्थानीय तह भने प्रशासनको आदेश नमान्ने पक्षमा छ । केन्द्र सरकारले वैकल्पिक शिक्षा प्रणालीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर अध्ययन अध्यापन गराउन अनुमति दिएकाले आफूहरूले वैकल्पिक माध्यमबाट पढाइ सुरु गर्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।
‘स्थानीय पालिकाहरूसँगको समन्वयविना गरिएको एकलौटी निर्णय हामीलाई मान्य छैन,’ मेयर पण्डितले भने, ‘अभिभावक, शिक्षक र विद्यार्थी पढाउन र पढ्न तयार छन्, विद्यालय खुल्छ।’
केन्द्र सरकारले माविसम्मको जिम्मा स्थानीय सरकारलाई दिएको र यसको चलाउने वा बन्द गर्ने जिम्मा स्थानीय सरकारलाई हुने भएकाले प्रशासनले यसमा कुनै अधिकार नभएको मेयर पण्डितले जानकारी दिए ।
प्रतिक्रिया
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज




