आज साउने संक्रान्ति, बर्षातको अन्त्य र हिउँदको सुरुवात, गाउँघरमा लुतो फालिँदै
विदुर खबर
२०७५ साउन १ गते २:०७
विदुर, आज साउन १ गते, अर्थात साउने संक्राति । आज नेपालीहरुले विविध काम गरेर साउने संक्रान्ति मनाउदै छन् ।आजबाट वर्षातको अन्त्य भएर हिउँद लाग्ने भएकाले त्यसको खुसीयालीमा परिवारका सदस्य तथा आफन्तहरु एकैठाउँमा जम्मा भएर मिठो मसिनो खाने चलन छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरुले आज खीर खाने गर्दछन् ।
साउन महिना शिवपुजन महिना भएकाले आजदेखि एक महिनासम्म माछा–मासु नखाएर केहि शिवभक्तहरुले भिगवान शिवको पुजा गर्ने गर्दछन् । साथै आज घरघरमा लुतो फालेर साउने संक्रान्ति पर्व मनाइदै छ । आज लुतो फाल्नाले वर्षभरि शरीरमा दाद, खटिरा र लुत्तोजस्ता रोगले आक्रमण नगर्ने जनविश्वास रहिआएको छ । गाउँघरमा लुत्तो फाल्ने कुरालाई चासोका साथ लिइएपनि राजधानी लगायत सहरी क्षेत्रमा भने यो संस्कृति लोप हुँदै गएको छ । महिलाहरुले आजदेखि महिनाभरि हातमा मेहन्दी, हरियो कपडा र हरियै चुरा लगाउने गर्दछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया