चौघडामा नेकपा र राप्रपाका एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश

विदुर खबर २०७७ असोज १३ गते २१:४६

चौघडा । नुवाकोटको लिखुमा नेकपा र राप्रपाका एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

Advertisement

मंगलवार लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा नेपाली कांग्रेस चौघडा ईकाईद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा र विभिन्न पाटि परित्याग गरि एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिङ्ग,नेपाली कांग्रेस नुवाकोटका युवा नेता एंवम महासमिति सदस्य रमेशकुमार महत र नेपाली कांग्रेस क्षेत्रीय सभापति एंवम लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले अविर र खादा लगाएर साधारण सदस्य दिएका थिए ।

नेकपा त्याग गरेका युवाहरुले आशा गरे अनुसार सरकारले काम गर्न नसकेको र पार्टीप्रति वितृष्ण पैदा भएकोले कांग्रेस प्रवेश गरेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया