नुवाकोटको दुप्चेश्वरमा मानब बेचबिखनका आरोपित पक्राउ
विदुर खबर
२०७७ असोज १३ गते २१:२३
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक व्यक्ति मानब बेचबिखनको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीका सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला अदालत नुवाकोटले वि सं २०७४ चैत्र ७ गतेका दिन मानब बेचबिखन तथा ओसारपसार मुद्दामा उनलाई दोषी ठहरिई ३० बर्ष ५ महिना २८ दिन कैद र दुई लाख ५० हजार जरिवाना तोकिएकोमा उनी फरार रहेका थिए ।
अदालतको फैसलापश्चात फरार रहेका उनी काठमाण्डौको गोकर्णेश्वर न.पा.०५ लुकाई लुकीछिपी बसिरहेको अबस्थामा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानीको लागी कारागार चलान भएको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया