देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

विदुर खबर २०७७ असोज १३ गते १७:३३

नुवाकोट । मंगलबार देशभरमा एक हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित २० हजार ३९६ जना रहेका छन् ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ निको भएर डिस्चार्ज हुनेको संख्या ७३१ रहेको छ । हालसम्म नेपालमा कुल ५५ हजार ३७१जनाले कोभिड १९ जितिसकेका छन् ।

अहिले नेपालमा जना पाँच हजार ७७८ क्वारेन्टिनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा नौ हजार ६८९ र होम आइसोलेसनमा १० हजार ७०७ जना छन् । गत २४ घण्टामा १० हजार ८९१ पीसीआर परीक्षण भएको छ र अहिलेसम्म देशमा कुल १० लाख नौ हजार २९८ पीसीआर परीक्षण भइसकेको छ ।

Advertisement

मंगलबार थप १० जनाको कोरोना भाइरस संक्रमणका कारण निधन भइसकेको छ । योँसगै नेपालमा हालसम्म कुल ४९१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया