नुवाकोटको पन्चकन्याका एक पुरुष कोरोनालाई जितेर घर फर्किए
विदुर खबर
२०७७ असोज १२ गते १९:५९

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकाका एक पुरुष कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार कोरोनालाई जितेर फर्कनेमा २८ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनी त्रिशुली अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटका एकसय १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये ८६ पुरुष र २६ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म नुवाकोटका एकसय २९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ९९ पुरुष र ३० महिला रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनु्सार त्रिशुली अस्पतालको आइसोलेसनमा १६ जना कोरोना संक्रमितको उपचा। भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया