नुवाकोटका दुई सर्जकको तीन कृति विमोचन

विदुर खबर २०७७ असोज १२ गते १९:४४

नुवाकोट । नुवाकोटका दुई सर्जकहरु रामकृष्ण अमर र करण तामाङका तीन कृति सोमवार विमोचन गरिएको छ ।

Advertisement

नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रम आयोजना गरि रामकृष्ण अमरको आहुति र कोरोनाको यात्रा तथा करण तामाङ घलानको क्वारेनटाइन विमोचन गरिएको हो । पुस्तकको विमोचन नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा ,नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक श्रीराम श्रेष्ठ र सर्जक तथा शिक्षक शिव सुन्दर पुडासैनीले गरेका हुन् ।

रामकृष्ण अमरको आहुति बुसो कुसेकिका र कोरोनाको त्रास डोडोइट्सु संग्रह तथा तामाङको क्वारेन्टाइन डोडोइट्सु संग्रह रहेको छ । कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

Advertisement

प्रतिक्रिया