नुवाकोटमा थप एकजना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ असोज ११ गते २१:१८

नुवाकोट । नुवाकोटमा थप एकजना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाकी २९ वर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक सय २९ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये ९९ पुरुष र ३० महिला रहेका छन् । कार्यालयका जनस्वास्थ्य निरिक्षिक जर्नादन शिलवालका अनुसार नुवाकोटका एकसय ११ जना व्यक्तिहरुले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

Advertisement

जसमध्ये ८५ पुरुष र २६ महिला रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटका ४ हजार ४ सय ९६ जनाको पिसिआर प।िरक्षण गरिएको छ जसमध्ये ४ हजार ४ सय ४ जनाको नतिजा आइसकेको छ भने ८७ जनाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया