चोरी गरेको आरोपमा बट्टारबाट चारजना भारतिय पक्राउ
विदुर खबर
२०७७ असोज ११ गते १३:१५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा चोरी गरेको आरोपमा ४ जना भारतिय नागरिक पक्राउ परेका छन् ।
नुवाकोट आर्दश बहुमुखस् क्याम्पसको पछाडि रहेको बरफ कारखानामा आइस बनाउने मेसिनको जाली चोरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई आईस बनाउने मेसिनको जालीसहित बट्टार घंटाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरी गर्ने अन्य दुई जना भने फरार रहेका छन् । उनीहरुलाई वसपार्क चौकी लगेर अनुसन्धान शुरु गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया