नुवाकोटका एकसय ११ जना कोराना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ असोज १० गते १६:५४

नुवाकोट । नुवाकोटमा हालसम्म एकसय ११ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लाबाट कोरोना निको भएर घर जानेको संख्या एकसय ११ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरिक्षक जर्नादन सिलवालले जानकारी दिए । निको भएर घर फर्कनेमा महिला भन्दा पुरुष बढी रहेका छन् । सिलवालका अनुसार निको भएर घर फर्कनेमा ८८ महिला र २६ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटमा अनुसार नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय २८ पुगेको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमित थपिएका हु्न् । जसमा विदुर नगरपालिकाका ४९ वर्षिय पुरुष रहेका छन् ।

Advertisement

उनी हाल त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेको कार्यालयको भनाई रहेको ।

प्रतिक्रिया