एउटै उदेश्यका संस्थाहरु मर्ज हुनुपर्छ : सरोकारवाला

विदुर खबर २०७७ असोज १० गते १०:०१

नुवाकोट । स्थानीय तहमा प्रयाप्त जनशक्ति र श्रोतको समस्या हुने गरेकोले त्यसलाई आत्मसाथ गरेर गैर सरकारी संघसस्थाहरुले आफ्नो क्रियाकलाप सञ्चालन गर्न सकेमा काममा गुणस्तरिता हुने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभएको छ ।

Advertisement

४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा शुक्रवार आयोजित जिल्लामा कृयाशिल गैरसरकारी सस्थाहरुको प्रभावकारी अभ्यास तथा सिकाइ आदानप्रदान कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले अघिल्ला वर्षहरुको तुलनामा गैरसरकारी संघसस्थाले गर्ने क्रियाकलाप खुम्चिदै गएको बताउनुभएको छ । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा गैरसरकारी सस्था महासँघ जिल्ला शाखा नुवाकोटले आयोजना गरेको उक्त कार्यक्रममा उहाँले नेपालका संघसस्थाहरु अन्तराष्ट्रिय लगानीमा भर पर्नाले र सिमित श्रोतका कारण क्रियाकलाप सञ्चालनमा कमि आएको बताउनुभएको छ । साथै उहाँले हरेक संघसस्थालाई गुणस्तरयुक्त काम गर्न समेत सुझाव दिनुभएको छ । समान क्षेत्रमा काम गर्ने संघसस्था गाभिएर अघि बढ्दा सस्थालाई दिगोपना दिन सकिने उहाँको भनाई छ ।

यस्तै गैरसरकारी सस्था महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष मिनकुमार केसीले प्रतिस्पर्धाको रुपमा सामाजिक सस्थालाई स्थानीय तहमा सञ्चालन हुने विकासात्मक कार्यहरुमा परिचालन गर्न सकेको खण्डमा गाउँगाउँमा राजनैतिक विखण्डन नआउने बताउनुभएको छ । स्थानीय तहले संघसस्थालाई सहयोगीको रुपमा लिन सकेको खण्डमा पनि नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Advertisement

यस्तै सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपालले अन्तरास्ट्रिय गैर सरकारी सघंसस्थाहरु नुवाकोट आउन छाडेकोले स्थानीय सघसस्थाहरु एक भएर प्राथमिकताको आधारमा काम गर्नुपर्ने बताउनु भएको छ । उहाँले जिल्लामा लगभग १२ सयको हारहारीमा संघसस्था भए पनि भुकम्पको समयमा एक सय वटा जति सकृय रहेको र हाल न्यून रहेको बताउनु भएको छ । साथै उहाले सामुदायिक विकास केन्द्रबाट सन्चालन हुँदै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्तिम चरणमा आइपुगेकोले परियोजनाबाट हुँदै आएको कृयाकलापलाइ आगामी दिनमा पनि निरन्तरता दिनको लागि अन्य सस्थाबाट पनि सहकार्यको अपेक्षा गरिएको बताउनु भएको छ ।

कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपाल, सामुदायिक बिकास समाज (सि.डि. एस)रुम टु रिड, रुडेक नेपाल, छोरी, शक्ति समूह, गेर्खुटार युवा क्वल, सिएस्एन् लगायतका संघसस्थाका प्रतिनिधिले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी गराएका थिए । साथै स्थानीयतहहरुसँगको सहकार्यमा काम गर्दा स्थानीय तहलाई ती कामको अपनत्व दिलाउन सहज भएको उनीहरुको भनाई छ ।

Advertisement

प्रतिक्रिया