पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा आवेदन फारम खुल्ला
नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि आवेदन फारम खुल्ला भएको छ ।
यसै शैक्षिक सत्रदेखि विदुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको तीन वर्षे बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्टको लागि आवेदन फारम खुल्ला भएको हो । तीन वटै विषयमा ४०÷४० सिट रहेको छ । आफ्नो सिट सुरक्षित गर्नको लागि यहि असोज १५ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले बताउनुभएको छ । विदुर नगरपालिका वडा नम्बर १ इन्द्रायणी चौरमा पूर्वाधार निर्माण नहुन्जेल सम्म वान्द्रेमा रहेको सहिद प्रतिष्ठानको भवनमा अध्यापन गराउनको लागि पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले सम्झौता समेत गरिसकेको छ । प्रतिष्ठानले शिक्षालयलाई निशुल्क उपलव्ध गराउने सम्झौता गरेको समेत शिक्षालय प्रमुख प्याकुरेलले बताउनुभएको छ ।
नुवाकोटको साथसाथै रसुवा र धादिङको समेत सेन्टरमा रहेको यस शिक्षालयबाट तीन वर्षे विद्यार्थीको कार्यकालबाट दक्ष जनशक्ति मार्फत सस्तो र सुलभ तरिकाले सीपयुक्त प्राविधिक उत्पादन गर्ने लक्ष्य लिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि सिटिईभिटि मार्फत तथा स्थानीय तह मार्फत व्यवस्था गरिएका छात्रवृत्ति सम्वन्धी आरक्षित कोटा समेत रहेको शिक्षालय प्रमुख प्याकुरेलले बताउनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट ज्ञानयुक्त, सिपयुक्त जनशक्ति उत्पादनमा विश्वास लिइएको बताउनुभएको छ । घोकन्ते शिक्षामा केन्द्रित भइरहेको अवस्थामा यस शिक्षालयले व्यवहाकि ज्ञान दिन सुभ अवसरको रुपमा स्थापना भएको बताउनुभएको छ । ग्रामीण पर्यटन विकासको लागि यस शिक्षालयले महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
विदुर नगरपालिकाको आर्थिक एवं अन्य व्यवस्थापन सहयोगमा सञ्चालन हुने भएकोले प्रत्येक विषयमा नगरपालिकाका शिक्षार्थीहरुका लागि प्रति ४ वटा आरक्षित कोटा छुट्याईएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभएको छ । नगरपालिकाको लागि आवस्यक कृषि तथा पशु प्राविधिकको माग गर्दा समेत दक्ष जनशक्ति उपलव्ध हुन नसकेको तितो यथार्थलाई चिर्न पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले सहयोग गर्ने अपेक्षा गरेको बताउनुभएको छ । इन्द्रायणी चौरमा भूकम्प पिडितहरु रहेकोले आफ्नै गाउँ फर्कन यस अघि नै विदुर नगरपालिकाले सूचना जारी गरिसकेको छ ।
इन्द्रायणी चौर खाली भए पश्चात त्यहाँ रहेको करिव १ सय ५० रोपनी जग्गामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको लागि पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाइने मेयर पण्डितले बताउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया