नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय २७ पुग्यो

विदुर खबर २०७७ असोज ९ गते १८:०४

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय २७ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरिक्षक जर्नादन शिलवालका अनुसार नुवाकोटमा पछिल्लो २४ घण्टामा एक जनामा कोरोना भाइरस संक्रमित भेटिएसँगै जिल्लामा संक्रमितको संख्या एकसय २७ पगेको हो । शिलवालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ४० वर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा संक्रमितमध्ये ९८ पुरुष र २९ महिला रहेका छन् ।

कार्यालयका अनुसार नुवाकोटका एकसय ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ८३ पुरुष र २६ महिला रहेका छन् । हालसम्म जिल्लामा ४ हजार ४ सय ७० जनाको पिसिआर टेष्ट गरिएको कार्यालयको भनाइ रहेको छ ।

Advertisement

प्रतिक्रिया