देशभर फेरि एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

विदुर खबर २०७७ असोज ७ गते १९:०४
A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

नुवाकोट । देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी भए पुन लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

हाल देशभर कोरोनाका १७ हजार ४१४ सक्रिय संक्रमित छन्। मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

Advertisement

प्रतिक्रिया