नुवाकोटमा सामाजिक सेवा दिवस मनाइयो

विदुर खबर २०७७ असोज ६ गते २१:२५

नुवाकोट । समाजिक क्षेत्र राष्ट्रिय गौरब आजको आबश्यकता, भन्ने नाराका साथ मंगलबार ४१ औ सामाजिक सेवा दिवस नुवाकोटमा पनि मनाइएको छ ।

Advertisement

दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघ जिल्ला कार्यसमिति नुवाकोटले देविघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई विविध सहयोग गरेको छ । गैसस नुवाकोटले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई २३ थान ब्ल्याङकेट,पाँच दर्जन केरा र जुस वितरण गरेको समुदायिक बिकास समाजका राजकुमार आचार्यले जानकारी दिए । त्यस्तै आचार्यले ११ हजार रुपैया प्रतिष्ठानको खातमा जम्मा गरि प्रतिष्ठानको आजिबन सदस्य बनेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकार, गैसस महासंघ नुवाकोटका अध्यक्ष मीनकुमार केशी, प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपाल ,समुदायिक बिकास केन्द्र नेपालका अध्यक्ष बिष्णुराज नेपाल,गर्खुटार युवा क्लबका गोकर्ण नेपाल, सहकार्य समाज नेपालका श्यामप्रसाद अधिकारी, रणभुवनेश्वरी माबिका बिक्रम शर्मा, केशबराम तीमल्सिना, पुस्तक ब्यबसायी संघ नुवाकोटका अध्यक्ष मिनकुमार खतिवडा,आरएसडिसीका साधुराम सापकोटा, कार्डसनका यसोदा खतिवडा, एकलमहिला नुवाकोटकी अध्यक्ष देबकी पौडेल, शक्ति समुहकी संझना प्रसाईं, छोरी संस्थाकी अरुणा लामा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया