नुवाकोटका पत्रकार देवकोटामाथि कसले ग¥यो निर्घात कुटपिट ?
नुवाकोट । प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य तथा उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकका प्रकाश तथा सम्पादक शिव देवकोटा पत्रकारकै अर्काे समुहद्धारा निर्घात रुपमा पिटिएका छन् ।
सोमबार साँझ विदुरस्थित एक होटलमा पत्रकार देवकोटामाथि निर्घात कुटपिट भएको प्रेस युनियन नुवाकोटले जनाएको छ । उनीमाथि पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल र सदस्य शुजित भण्डारी लगायतले आक्रमण गरि निर्घात कुटपिट गरेको प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । सुवेदीले मंगलवार एक विज्ञप्ती जारी गर्दै पत्रकार देवकोटामाथि तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेको उक्साहटमा कुटपिट भएको बताएका छन् । उनले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् । प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले ठुलो संख्यामा गैरपत्रकारलाई नयाँ सदस्यताको लागी सिफारिस गरेपछी त्यसको खारेजीको लागी देवकोटाले नेतृत्वदायी भूमिका खेलेपछि उनीमाति कुटपिट भएको बताएको छ ।
त्यस्तै कुटपिटबाट घाईते भएका पत्रकार देवकोटाले पनि आफुलाई महासंघका अध्यक्ष, सचिव लगाएतले कुटपिट गरेको आरोप लगाएका छन् । कुटपिटबाट शक्त्त घाईते भएका पत्रकार देवकोटाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार संभव नभएपछि सोमबार राती नै काठमाण्डौ रिफर गरिएको त्रिशुली अस्पतालका डा दिपेश उप्रेतीले विदुर खबरलाई जानकारी दिए । उनको छातीको भित्रपट्टि गम्भीर चोट लागेको डा. उप्रेतीले बताए । हाल उनको उपचार काठमाण्डौको ग्रान्डी अस्पतालमा भइरहेको बताइएको छ ।
यसैविच पत्रकार देवकोटामाथि भएको कुटपिटको विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । घटनाको राजनितीक दलका नेता कार्यकर्ता, प्रेससंवद्ध संघसंगठन हरुले भत्र्सना गर्दै सत्यतथ्य छानविन गरी दोशीहरुलाई कानुनी कारवाहिको माग गरेका छन ।
यता पत्रकार देवकोटा कुटपिटको विषयमा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष, सचिव लगायतको संलग्नता भएको विषय वाहिर आएपनि नेपाल पत्रकार महासंघ नुवाकोटको आधिकारीक धारणा भने वाहिर आएको छैन । महासंघका जिम्मेवार पदाधिकारीहरुमाथि घटनामा संलग्न भएको आरोप लगाइँदा समेत पत्रकार महासंघ मौन बस्नु आश्चर्य भएको सरोकारवालाहरु बताउँछन् ।
यस्तो छ प्रेस युनियन नुवाकोटको विज्ञप्ती ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया