नुवाकोटका पत्रकार देवकोटामाथि कसले ग¥यो निर्घात कुटपिट ?

विदुर खबर २०७७ असोज ६ गते २०:४६

नुवाकोट । प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य तथा उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकका प्रकाश तथा सम्पादक शिव देवकोटा पत्रकारकै अर्काे समुहद्धारा निर्घात  रुपमा पिटिएका छन् ।

Advertisement

सोमबार साँझ विदुरस्थित एक होटलमा पत्रकार देवकोटामाथि निर्घात कुटपिट भएको प्रेस युनियन नुवाकोटले जनाएको छ । उनीमाथि पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल र सदस्य शुजित भण्डारी लगायतले आक्रमण गरि निर्घात कुटपिट गरेको प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । सुवेदीले मंगलवार एक विज्ञप्ती जारी गर्दै पत्रकार देवकोटामाथि तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेको उक्साहटमा कुटपिट भएको बताएका छन् । उनले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् । प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले ठुलो संख्यामा गैरपत्रकारलाई नयाँ सदस्यताको लागी सिफारिस गरेपछी त्यसको खारेजीको लागी देवकोटाले नेतृत्वदायी भूमिका खेलेपछि उनीमाति कुटपिट भएको बताएको छ ।

त्यस्तै कुटपिटबाट घाईते भएका पत्रकार देवकोटाले पनि आफुलाई महासंघका अध्यक्ष, सचिव लगाएतले कुटपिट गरेको आरोप लगाएका छन्  । कुटपिटबाट शक्त्त घाईते भएका पत्रकार देवकोटाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार संभव नभएपछि सोमबार राती नै काठमाण्डौ रिफर गरिएको त्रिशुली अस्पतालका डा दिपेश उप्रेतीले विदुर खबरलाई जानकारी दिए । उनको छातीको भित्रपट्टि गम्भीर चोट लागेको डा. उप्रेतीले बताए । हाल उनको उपचार काठमाण्डौको ग्रान्डी अस्पतालमा भइरहेको बताइएको छ ।

Advertisement

यसैविच पत्रकार देवकोटामाथि भएको कुटपिटको विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । घटनाको राजनितीक दलका नेता कार्यकर्ता, प्रेससंवद्ध संघसंगठन हरुले भत्र्सना गर्दै सत्यतथ्य छानविन गरी दोशीहरुलाई कानुनी कारवाहिको माग गरेका छन ।

यता पत्रकार देवकोटा कुटपिटको विषयमा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष, सचिव लगायतको संलग्नता भएको विषय वाहिर आएपनि नेपाल पत्रकार महासंघ नुवाकोटको आधिकारीक धारणा भने वाहिर आएको छैन । महासंघका जिम्मेवार पदाधिकारीहरुमाथि घटनामा संलग्न भएको आरोप लगाइँदा समेत पत्रकार महासंघ मौन बस्नु आश्चर्य भएको सरोकारवालाहरु बताउँछन् ।

Advertisement

यस्तो छ प्रेस युनियन नुवाकोटको विज्ञप्ती ।

प्रतिक्रिया