रत्तचन्दन कारोवार गरेको आरोपमा नुवाकोटका दुई युवा पक्राउ
नुवाकोट । रक्तचन्दन तस्कर गरेको आरोप लागेका ४ युवालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रक्तचन्दन तस्कर गरी पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने १८ वर्षीय सुनिल तामाङ, नुवाकोटको मेघाङ गाउँपालिका ५ घर भएका तीनचुली नै बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भएका ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भई तीनचुली बस्ने ४२ लाक्पा लामा रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
प्रहरी टोलीले तीनचुलीस्थित बुद्धभूमि टोलमा रहेको डमरु कारखानाबाटे १६ र ५ किलोका रक्तचन्दनका दुई वटा गोलिया बरामद गरेको थियो। उनीहरु ४ जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया