रत्तचन्दन कारोवार गरेको आरोपमा नुवाकोटका दुई युवा पक्राउ

विदुर खबर २०७७ असोज ६ गते १२:१३

नुवाकोट । रक्तचन्दन तस्कर गरेको आरोप लागेका ४ युवालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

रक्तचन्दन तस्कर गरी पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने १८ वर्षीय सुनिल तामाङ, नुवाकोटको मेघाङ गाउँपालिका ५ घर भएका तीनचुली नै बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भएका ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भई तीनचुली बस्ने ४२ लाक्पा लामा रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रहरी टोलीले तीनचुलीस्थित बुद्धभूमि टोलमा रहेको डमरु कारखानाबाटे १६ र ५ किलोका रक्तचन्दनका दुई वटा गोलिया बरामद गरेको थियो। उनीहरु ४ जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया