नमुना मैत्रि कृषक समुहको भवन शिलान्यास

विदुर खबर २०७७ असोज ३ गते १८:४८

किस्पाङ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ खोलेवेशीमा रहेको नमुना मैत्रि कृषक समुहको भवन शिलान्यास गरिएको छ ।

Advertisement

किस्पाङ गाउँपालिका, सिडिसी नेपालको आर्थिक सहयोगमा निर्माण ह्न लागेको भवनको शिलान्यास प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा र सहकारीका अध्यक्ष कमानसिंह लामाले संयुत्त रुपमा गरेका हुन् । २९ लाख ८३ हजार ४८ रुपैयाँमा बन्न लागेको भवनमा किस्पाङ गाउँपालिकाले १२ लाख रुपैयाँ,सिडिसी नेपालले ११ लाख ८६ हजार ३ सय रुपैयाँ र स्थानियबासीको श्रमदानबाट ५ लाख ९६ हजार ७ सय ४८ रुपैयाँ जुटाइने सहकारीका अध्यक्ष कमानसिंह लामाले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामाले भवन निर्माणसँगै किस्पाङबासीका कृषि उत्पादनहरुले बजार पाउने विश्वास गरे । उनले स्थानिय उत्पादनको बजारीकरणको लागि सडकसंजालले महत्वपुर्ण भुमिका खेल्ने भन्दै सडकको स्तरोन्नतिमा समेत ध्यान दिन गाउँपालिकाका अध्यक्ष छत्र लामाको ध्यानाकर्षण गरे । सांसद लामाले नुवाकोट तरकारीको पकेट जोन भएकोले यसको व्यवसायिक उत्पनदज गरि बजारीकरण गर्न सके कृषकको जीवनस्थर सुधार गर्न सकिने बताए ।

Advertisement

यस्तै कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले गाउँपालिकाले कृषि र पशुपक्षींलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताए । लामाले गाउँपालिका नगदेबालीको लागि जिल्लाकै उत्कृष्ट ठाउँ रहेको भन्दै त्यसको भरपुर फाईदा स्थानियले लिनुपर्ने बताए ।

त्यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरहरी भट्ट, सिडिसी नेपालका अध्यक्ष नारायणप्रसाद नेपाल लगायतले कृषिको अनिवार्यतालाई आत्मसाथ गर्दै पुरै गाउँपालिकालाई केन्द्रमा राखेर कृषक समुहको भवन निर्माण गर्न लागिएको बताए । गाउँपालिका र स्थानियको सहकार्यमा निर्माण हुन लागेको सहकारीको भवनले आफुहरुको माग र आवश्यकतालाई पुरा गर्ने भन्दै स्थानियबासीहरुले खुशी व्यक्त गरेका छन् । करिव साढे दुई महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भवन ४ कोठे हुने सिडिसी नेपालका प्राविधिक दिनेश प्रधानले बताए ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य गगन लामा, सहकारीका कोषाध्यक्ष मुक्ति तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया