संविधान दिवसमा मदन भण्डारी फाउन्डेसन नुवाकोटको चियापान

विदुर खबर २०७७ असोज ३ गते ११:२९

नुवाकोट । संविधान दिवसको अवसर पारेर मदन भण्डारी फाउन्डेसन जिल्ला कार्यसमति नुवाकोटले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

चियापान कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका अध्यक्ष तथा बाग्मति प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले जनताको लामो बलिदानपछि मुलकले संविधान पाएकोले यसको रक्षार्थ सबै एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै बाग्मति प्रदेशसभाका सदस्य केशव पाण्डेले ऐतिहासिक संविधानसभाबाट निर्माण भएको भई संविधानले नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएकोले सबै मिलेर त्यसको कार्यान्यनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बाग्मति प्रदेशसभाका सदस्य बद्री मैनाली, नेकपाकी नेतृ वृन्दा ढुङ्गाना, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकार लगायतले महामारीको परिस्थितिमा नयाँ आशा, नयाँ क्षीतिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयनमा राज्यका सबै निकायहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

Advertisement

नेकपाको पार्टी कार्यालय विदुरमा आयोजना गरिएको चियापन कार्यक्रममा नेकपाकी नेतृ सुभद्रा नेपाल ,रामशरण प्याकुरेल र ठाकुर गजुरेल लगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया