नुवाकोटका थप ३ जनामा कोराना संक्रमण पुष्टि

विदुर खबर २०७७ असोज २ गते १७:०५

नुवाकोट । नुवाकोटका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका दुई पुरुष र किस्पाङ गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिका वडा नम्बर १३ का २७,३० तथा किस्पाङ गाउँपालिकाका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय १९ पुगेको छ ।

त्यस्तै कार्यालयका अनुसार जिल्लाका एकसय ८ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । जसमध्ये ८२ पुरुष र २६ महिला निको भएर घर फर्किएका छन् ।

Advertisement

प्रतिक्रिया