नेविसंघ नुवाकोटमा विवाद,तोकिएका संयोजक अवैधानिक भएको ठहर
नुवाकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नुवाकोटमा विवाद देखिएको छ ।
संघका अध्यक्ष र निवर्तमान सचिवले सोमबार जिल्लाका १२ वट्टै स्थानिय तहमा विना छलफल र सल्लाह नगरि संयोजक तोकेको भन्दै अवैधानिक रहेको भन्दै क्षेत्रीय कार्यसमितिले आपत्ति जनाएको छ ।
साविक क्षेत्र नम्बर १,२ र ३ का क्षेत्रीय सभापतिहरु नित्यराज ढुङ्गाना, कृष्ण मिश्र र विजय गुरुङले आपत्ति जनाएका हुन् । उनीहरुले विना भेला, विना छलफल पन्चायति शैलिमा पालिकाका संयोजकहरु ताकिएको भन्दै आपत्ति जनाएका हुन् । साथै संयोजक तोकिएका व्यक्तिहरु अवैधानिक रहेको समेत साविक क्षेत्र नम्बर २ का क्षेत्रयि सभापति कृष्ण मिश्रले बताए । त्यस्तै क्षेत्रिए सभापतिहरुले पार्टीको विधान विपरित काम गर्नेहरुलाई समेत कारवाहीको माग गरेका छन् ।
प्रेस विज्ञप्तीमा नेविसंघ केन्द्रीय कार्यलय, नेपाली काँग्रेस जिल्ला कार्यसमिति र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ र २ लाई बोधार्थ दिइएको छ । विज्ञप्तिमा सबै नेविसंघ आवद्व साथीहरुलाई भ्रमपूर्ण र गुटगत मनेनितको भ्रममा नपरी अधिवेशनको तयारीमा लाग्न समते अनुरोध गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया