नेविसंघ नुवाकोटमा विवाद,तोकिएका संयोजक अवैधानिक भएको ठहर

विदुर खबर २०७७ भदौ ३० गते १८:१०

नुवाकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नुवाकोटमा विवाद देखिएको छ ।

Advertisement

संघका अध्यक्ष र निवर्तमान सचिवले सोमबार जिल्लाका १२ वट्टै स्थानिय तहमा विना छलफल र सल्लाह नगरि संयोजक तोकेको भन्दै अवैधानिक रहेको भन्दै क्षेत्रीय कार्यसमितिले आपत्ति जनाएको छ ।

साविक क्षेत्र नम्बर १,२ र ३ का क्षेत्रीय सभापतिहरु नित्यराज ढुङ्गाना, कृष्ण मिश्र र विजय गुरुङले आपत्ति जनाएका हुन् । उनीहरुले विना भेला, विना छलफल पन्चायति शैलिमा पालिकाका संयोजकहरु ताकिएको भन्दै आपत्ति जनाएका हुन् । साथै संयोजक तोकिएका व्यक्तिहरु अवैधानिक रहेको समेत साविक क्षेत्र नम्बर २ का क्षेत्रयि सभापति कृष्ण मिश्रले बताए । त्यस्तै क्षेत्रिए सभापतिहरुले पार्टीको विधान विपरित काम गर्नेहरुलाई समेत कारवाहीको माग गरेका छन् ।

Advertisement

प्रेस विज्ञप्तीमा नेविसंघ केन्द्रीय कार्यलय, नेपाली काँग्रेस जिल्ला कार्यसमिति र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ र २ लाई बोधार्थ दिइएको छ । विज्ञप्तिमा सबै नेविसंघ आवद्व साथीहरुलाई भ्रमपूर्ण र गुटगत मनेनितको भ्रममा नपरी अधिवेशनको तयारीमा लाग्न समते अनुरोध गरिएको छ ।

प्रतिक्रिया