नुवाकोटका सबै पालिकामा नेविसंघको संयोजक तोकियो, किस्पाङमा लामा

विदुर खबर २०७७ भदौ २९ गते २०:४५

नुवाकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटले जिल्लाको १२ वट्टै स्थानिय तहमा संयोजक तोकेको छ ।

Advertisement

नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेले जिल्लाका १२ वट्टै स्थानिय तहमा संयोजक चयन गरिएको विदुर खबरलाई जानकारी दिए । पाण्डेले नेविसंघको अधिवेशन नभएसम्मका लागि उनीहरुलाई संयोजक चयन गरिएको बताए ।

पाण्डेका अनुसार दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा विदुर नगरपालिकामा संयोजकको रुपमा निरज चित्रकारलाई जिम्मा दिइएको छ भने बेलकोटगढी संयोजकको जिम्मा कृष्ण पुडासैनीलाई दिइएको छ ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकाको संयोजकको जिम्मा सरोज लामाले पाएका छन् भनेविजय ढुङ्गानाले ककनी गाउँपालिकाको जिम्मा पाएका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकाको संयोजकको रुपमा दिपेश ढकाल,पन्चकन्या गाउँपालिकाको संयोजकको रुपमा विनय खतिवडा, म्यागङ गाउँपालिकाको संयोजकको रुपमा कमान तामाङ÷लामाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै तादी गाउँपालिकाको संयोजकको रुपमा आकृति खनाल, दुप्चेश्वर गाउँपालिकाको संयोजकको रुपमा सरोजजंग थापा, लिखु गाउँपालिकाको संयोजकको रुपमा सुदिप पाण्डे, सुर्यगढी गाउँपालिकाको संयोजकको रुपमा सुदिप अधिकारी र शिवपुरी गाउँपालिकाको संयोजकको जिम्मा अभियान आचार्यलाई दिएको नेविसंघ नुवाकोटले जनाएको छ ।

Advertisement

जिल्लामा स्थानिय तह गठन भएको लामो समय भइसक्दा समेत कार्यसमिति विस्तार नहुँदा स्थानिय तहमा पार्टीको गतिविधि शुन्य रहेको थियो । तर अब जिल्लाको सबै स्थानिय तहमा नेविसंघले नेतृत्व पाएसँगै पार्टी र यसप्रति आस्था राख्नेहरुको आवाज बुलन्द हुने कांग्रेस निकट विद्यार्थीहरु बताउँछन् ।

प्रतिक्रिया