नेपालमा कोरोनाले ३ सय ६० जनाको ज्यान गयो

विदुर खबर २०७७ भदौ २९ गते १८:३९
नुवाकोट । पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रणबाट थप १५ जनाको मृत्यु भएको छ ।

५ महिला र १० जना पुरुष गरी कुल १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँमा ६, मोरङमा २, ललितपुरमा १, भक्तपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, पर्सामा १ र कपिवस्तुमा १ गरी १५ जना रहेका छन् ।

Advertisement

यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६० पुगेको छ ।

प्रतिक्रिया