विदुर नगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनमा भ्रष्ट्राचारको गन्ध

विदुर खबर २०७७ भदौ २८ गते १०:३२

नुवाकोट । विदुर नगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनमा भष्ट्राचारको आशंका गरिएको छ ।

Advertisement

नगरपालकाले नियम र कानुनलाई मिचेर स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा यसरी कमिसन खान लागेको भन्दै चर्काे आलोचना शुरु भएको छ । विदुर नगरपालिले गत साउन ३२ एक पत्रिकामा टेन्डर आहवान गर्दै ७८ लाख रुपैयाँमा पिसिआर मेसिन तथा उपकरण खरिदको लागि बोलपत्र आव्हान गरेको थियो ।

टेन्डर आहवान गर्दा सबैभन्दा कम मुल्यमा ठेक्का भरेका व्यवसायीलाई दिनुपर्ने सरकारी प्रावधानलाई लत्याउँदै ठेकेदार समेत रहेका विदुर नगरपालिकाका मेयर सुञ्जु पण्डितले मोटो रकम कुम्लाउँदै ७६ लाख तीन हजार रुपैयाँमा मेनका ईन्टर्प्राईजेज प्रालि थापाथली काठमाडौलाई टेन्डर सुम्पेका छन् । मेयर पण्डितले विज्ञको नाम दिएर मोटो रकम असुरलेर आफुले पाएको ठेक्का अरुलाई नै दिएको आरोप बसन्तराज केशीले लगाएका छन् ।

Advertisement

केशीले समयसिमा भित्र दर्ता भएको बोलपत्रहरु खोल्दा आफु संलग्न भएको ई कन्सेप न्युरोड काठमाडौले सबैभन्दा कम मुल्य अर्थात ६१ लाख रुपैयाँमा हालेको ठेक्कालाई नगरपालिकाले अस्वीकार गरि अरुलाई दिएको बताए । उनले नगरपालिकाले विभिन्न बहाना बाजिगरि बोलपत्र खोलिसकेपछी अरुलाई ठेक्का दिएको बताए ।

यस विषयमा नगरपालिका भने मौन वसेको छ ।

Advertisement

प्रतिक्रिया