पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलमा होटल व्यवस्थापन, बाली र पशु विज्ञान पढाइ हुने

नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)ले शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थानको कार्यक्रम स्वीकृत गरेको हो । सीटीभीटीले यसै वर्ष स्थापना भएको पूर्ण सरकारी शिक्षालयमा अध्ययन हुने विषयका लागि कोटा समेत निर्धारण गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका निजी सचिव विनोद न्यौपानेका अनुसार बाली विज्ञानमा ४० जना विद्यार्थी, पशु विज्ञानमा ४० जना विद्यार्थी र होटल व्यवस्थापनमा ४० जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन । तीनै शैक्षिक कार्यक्रम तनी वर्षका रहेका छन ।
तत्कालका लागि शिक्षालयको आफ्नै भवन नभएकाले शैक्षिक कार्यक्रम त्रिभुवन त्रिशुली क्यापसको भवन उपयोग गर्ने र त्यसका लागि जिल्ला समन्वय समितिले समन्वय गर्ने निर्णय यसअघि नै भैसकेको छ । शिक्षालयको स्थायी भवन विदुर नगरपालिका वडा नम्बर १ को सिमुटारमा बनाउने विषयमा यसअघि निर्णय भएको थियो ।
सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया