नुवाकोटको बेलकोटगढी–७ मा एकसाता निषेधाज्ञा
विदुर खबर
२०७७ भदौ २६ गते १७:५५

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा एक जना व्यक्तिका कोरोना भेटिएसँगै निषेधाज्ञा जारी गरिएको छ ।

यस्तो छ प्रशासनको सुचना ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शुक्रवार राती १२ बजेदेखि लागु हुनेगरी सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार सो क्षेत्रमा निषेधाज्ञा जारी भएसँगै अत्याआवश्यक सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया