जिल्ला प्रशासन कार्यालय नुवाकोटमा चार्जिङ स्टेशन राखियो

विदुर खबर २०७७ भदौ २६ गते १६:१९

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मोवाइल चार्जिङ स्टेशन राखिएको छ ।

Advertisement

नेपाल टेलिकमको सहकार्यमा प्रशासन कार्यालयमा सेवाग्राहीको लागि जिल्लाकै पहिलो चार्जिङ स्टेशन राखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । उनले सेवाग्राहीको भिड हुने भएकोले उनीहरुको सहजताको लागि प्रशासन कार्यालयमा चार्जिङ स्टेशन राखिएको बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजीटल हाजिरी, डिजिटल नागरिक बडापत्र, सिसि क्यामरा तथा निःशुल्क फोटोकपी सेवा संचालन भइसकेको छ ।

Advertisement

प्रजिअ ढकालले साना साना सुधारबाट प्रशासनमा परिवर्तन ल्याएर आफुहरुले सेवाग्राहीलाई सहज सेवा दिन थालेको बताए । पछिल्लो समय नुवाकोटका प्रमुख जिल्ला अधिकारीको रुपमा नुवाकोट आएका ढकालले कार्यालयलाई प्रविधिमैत्री बनाएका छन् ।

प्रतिक्रिया