नुवाकोटका ८५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ भदौ २६ गते ९:०९

नुवाकोट । नुवाकोटका ८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एकसय ७ संक्रमितमध्ये ८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार निको भएर घर फर्कनमध्ये ६६ जना पुरुष र १९ जना महिला रहेका छन् । खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् जसमध्ये ३ महिला र ५ पुरुष रहेका छन् ।

त्यस्तै अस्पतालको आइसोलेसनमा १४ पुरुष र ७ महिला गरि २१ जना त्रिशुली अस्पतालमा बसीरहेको कार्यालयको भनाई छ । नुवाकोटका हालसम्म ३ हजार ८ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

प्रतिक्रिया