नुवाकोटमा ४० प्रतिशत रोपाई सकियो, रोपोमा गवार नामक किरा लाग्ने सम्भाबना धेरै
विदुर÷ नुवाकोटमा ४० प्रतिशत रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय नुवाकोटले जनाएको छ ।
धान रोप्नको लागि अनुकुल मौसम र बर्षाले साथ दिएपनि कृषकहरुले धानको बिउ नै ढिलाई राखेको र अझै पनि कतिपय भूभागमा मकै नभोचेकोले नुवाकोटमा ४० प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको छ । गत बर्ष १४ हजार हेक्टर भन्दा बढि जमिनमा धान रोपाई हुने खेतीयोग्य जमिन रहेको र प्रत्येक सोमबार र बिहिबार गरिएको स्थलगत अनुगमनको आधारमा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाई भएको कृषी बिकास कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा आधा भन्दा बढी कृषकले हाईबं्रेट र परम्परागत र उन्नत जातको धान रोप्ने गरेको र उत्पादन पनि सन्तोषजनक नै हुने अनुमान गरिएको जिल्ला कृषि बिकास कार्यालय नुवाकोटका बरिष्ठ कृषी बिकास अधिकृत डाक्टर कमलराज गैरेले बताउनुभएको छ । नुवाकोटका अधिकांश जमिन खेतीयोग्य रहेको बताउदै जिल्ला कृषि बिकास कार्यालय नुवाकोटका बरिष्ठ कृषी बिकास अधिकृत डाक्टर गैरेले नुवकोटमा यसअघि चैते धान ६ हजार हेक्टर जमिनमा लगाएको र धान उत्पादनमा कृषक सन्तुष्ट रहेको बताउनुभएको छ ।
यस्तै, उहाँले बर्खे धान रोपे पश्चातको सुरुवाती समयमा गवार नामक जातको किरा लाग्ने सम्भाबना धेरै हुने गरेकोले कृषकहरुलाई दैनिकीजसो खेतमा गई रोपोको अबस्थाबारे बुभm्न सुझाब दिनुभएको छ । उहाँले गवार जातको किरा लागेको रोपोमा रोपो नबढ्ने, रोग नलागेको रोपोको तुलनामा किरा लागेको रोपो पहिलो देखिने, रोपोको डाठ गुजुक्क पर्ने जस्ता लक्षण देखिने बताउदै यस्ता प्रकारको समस्या रोपोमा देखापर्ने बितिकै किसानलाई कृषी प्राबिधिकको सुझाब अनुसार औषधीउपोचार गर्न सुझाब दिनभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया