म्यागङ ५ मा जनता समाजवादीको वडा कमिटि गठन

विदुर खबर २०७७ भदौ २४ गते १४:११

नुवाकोट । जनता समाजवादी पार्टीको म्यागङ गाउँपालिका वडा नम्बर ५ मा वडा कमिटि गठन गरिएको छ ।

Advertisement

केन्द्रिय परिषद सदस्य राजन बम ,जिल्ला उपाध्यक्ष हिरालाल तामाङ ,गापा अध्यक्ष मानसिङ तामाङको उपस्थितीमा २५ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।समाजवादी पार्टी नुवाकोटका जिल्ला उपाध्यक्ष हिरालाल तामाङका अनुसार दिनेश तामाङको अध्यक्षतामा वडा कमिटि गठन गरिएको हो ।

पार्टीको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार जिल्लाका १२ वटै स्थानिय तहमा पार्टीको वडा कमिटि विस्तार गर्न लागिएको समाजवादी पार्टी नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया