लोकसेवा आयोग र कोरोना महामारी

विश्वव्यापिरुपमा फैलिएको कोभिड १९, कोरोना भाइरसका कारण विश्व अहिले अस्तव्यस्त भएको छ । कोरोना महामारीले मासिको स्वास्थ्यमा मात्रै असर नगरेर सामाजिक, आर्थिक, प्रशासनकि सबै क्षेत्रमा असर गरेको छ । यसको असर नेपालको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पनि त्यतिकै परेको छ । विद्यार्थीहरुले विद्यालय तथा क्याम्पस गएर पढन पाएका छैनन् । अझै कति समयसम्म कोरोना भाइरसको महामारी रहिरहने हो भन्ने एकिनका साथ भन्न कसैले सक्ने अवस्था छैन ।

आयुष रिसाल
नेपाल जस्तो न्यून आर्थिक विकास भएको देशले कति समयसम्म यसको असरको सामना गर्न सक्छ भन्ने चिन्ता त छँदैछ । साथमा राज्य संचालनको मेरुदण्डको रुपमा लिइएको प्रशासन संचालन कमचारी तन्त्र झनै अस्तव्यस्त हुनेवाला देखिन्छ यदि नियमित रुपमा आवश्यक पर्ने कर्मचारी लोकसेवा मार्फत भर्ना गर्न सकिएन भने ।
लोकसेवालाई यसपालिका विद्यार्थी कसरी स्थायी गराउने वा छनौट गर्ने भन्ने निकै गाह्रो भएको छ । लोकसेवा आयोगले लिने परिक्ष कसरी लिने भन्ने सवाल खडा भएको छ । यसको सानो लापर्वाहीले कोराना फैलिने खतरा हुनेछ भने परिक्षा नलिई कसरी कर्मचारी छनौट गर्ने अर्को सवाल खडा भएको छ । वेला वेलामा कर्मचारी भर्ना नगरे दरबन्दी खाली हुने छ भने का मगर्ने कर्मचारीको अभावले प्रशासनकि र विकासका कार्यक्र तथा गतिविधिहरु अवरुद्ध हुने छन् ।
हैन भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदले सबै मन्त्रालय, विभाग रसरकारी कार्यालयहरुलाई अवश्यक पर्ने कर्मचारी अस्थाई लिने र पछि कोरोनाको महामारी काम भए पछि स्थायी गराउन परिक्षा लिँदा पनि हुन्छ । अर्को पनि विकल्प छ यदि सरकारले पुराना कर्मचारी उमेर हमका कारण विदा हुनलागेका छन भने उनीहरुलाई अहिले विदा नगरी काममा नै लगाउने र नयाँ कर्मचारी लोकसेवाले भर्ना गरेपछि मात्र उनीहरुाई अवकास दिने पनि एउटा उपाए हुन सक्छ ।
नेपाल सरकारमा राम्रो कर्मचारी पनि छन भने नराम्रो मान्छेहरु पनि छन । अहिलेको वेलामा नराम्रा कर्मचारी जो नियमित कार्यालय गएर काम गर्दैनन् त्यसतालाई भने अवकास दिदाँ राम्रो हुन्छ । नराम्रा मान्छे त सरकार संचालन गर्ने नेतागणमा पनि छन् । ती नेताहरुलाई पनि राजनीतिबाट विदा गर्दा राम्रो हुन्छ ।
हालै लोक सेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिस्थिति सहज नभए÷भए आयोग, प्रदेश, केन्द्र,मन्त्रालय, विभाग, सचिवालयमा नयाँ मान्छेलाई पठाउने अवस्था छैन । तर नियम अनुसार खाली भएको स्थानमा कर्मचारी राख्नै पर्छ, पठाउनै पर्छ यस्तो अवस्थालाई समाधान गर्न सरकारले नियम परिर्वतन गर्न सक्छ र गर्नु पनि पर्छ । नेपाल शिक्षक आयोग र लोकसेवा आयोग मिलेर सहयोग गरे हुन्छ । त्यसपछि दुबै आयोगले सहमतिमा नयाँ सूचना जारी गरेर कर्मचारी तथा शिक्षक भर्नाको लागि परिक्षा लिँदा हुन्छ ।
लेखक, बानेश्वर ब. क्यापास, बि.ए दोश्रो बर्षमा अध्ययनरत छन भने खानेपानी विभागमा कार्यालय सहायकको रुपमा कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस





प्रतिक्रिया