क्रसर प्रकरणमा विदुरका मेयरलाइ नागरिकको प्रश्न

विदुर खबर २०७७ भदौ २३ गते १३:२१

                                                                                       बद्री अर्याल

हामीले कसैप्रति आग्रह पुर्वाग्रह राख्न उचित होलाजस्तो मलाई चैँ लागेन है । कानुनी राज्य, विधिको शासन र नागरिक सर्वोच्चताको बिषयमा कसैसँग सम्झौता गर्नु उपयुक्त हुन्न ।

Advertisement

यहाँ सम्मानित सर्वोच्च अदालतले गरेको उत्प्रेषण परमादेश लाई उद्योगले उत्पादन गरेको बस्तुको मुल्यसँग तुलना गर्ने यो पनि कुनै तरिका हो र ? प्रकृतिले नि:शुल्क उपहार दिएको वस्तुलाई उद्योगले प्रशोधन गर्दा कति मुल्य निस्केला सहजै अनुमान गर्न सकिँदैन र ?

हामीसँग जोडिएको छिमेकी जिल्ला सिन्धुपाल्चोकमा अहिले पनि प्रति सेफ्टी ८/५० (आठ रुपैयाँ पचास पैसा) गिट्टी पाइन्छ । मेरो नाममा विदुर ५ मा स्थापना हुनेगरी प्रा.लि. र करमा समेत दर्ता रहेको खनिज उद्योग सहज तरिकाले संचालन गर्न सहजीकरण गरिदिने हो भने म बर्ड स्टोन क्रसर ले बेचेको मुल्य प्रति सेफ्टी ३०(तिस) रुपैया भन्दा पाँच गुणा कम मुल्य अर्थात ६(छ) रुपैया प्रति सेफ्टि गिट्टी र बालुवा दिन तयार छु यस्को लागि कहाँ कति जना को को मान्छेहरुको रोहवरमा कुन कुन शर्तमा कागज गर्नुपर्ने हो तयार छु ।

Advertisement

मेयर सन्जु पन्डित लाई मेरो आग्रह “सम्मानित अदालतबाट उद्योग बन्द गरि वातावरण संरक्षण गर्नु भन्ने आदेश आउँछ, स्थानीय उद्योग बन्द गरी जीवन रक्षा गरिपाउँ भन्ने निवेदन गर्छ,  उद्योग बार्षिक ४५ लाख कर तिरेको छु भन्छ, तपाइँ ‘हाम्रो बा त भकारीमा नि लुक्दैनन्’ भने जस्तो केटाकेटी पारा देखाउनु हुन्छ ।

तपाइँ स्थानीय सरकार प्रमुख हो तपाइँले कुन कुरा लाई आधार मानेर प्रति सेफ्टी ३० रुपैया मुल्य निर्धारण गर्नुभयो ? तपाई अनुगमन गरेर कानुन बमोजिम मुल्य निर्धारण गर्ने अधिकारी हचुवाको भरमा निर्णय लिदा एकातिर नागरिक ठगिन गए अर्कोतिर तपाई आफै विवादमा तानिनु भयो अहिलेको परिणाम यहि नै हो ।

Advertisement

-सामाजिक सञ्जालबाट

प्रतिक्रिया