नुवाकोटको बेलेकोटगढीमा कोषाध्यक्षको किर्ते सही गरि बजेट निकासा
गत बर्षको काम देखाएर सकाइयो बजेट
नुवाकोट । नुवाकोटको वेलकोटगडी नगरपालिका वडा नं. १३ मा कामै नगरी बजेट सकाएको भन्दै स्थानियहरुले विरोध गरेका छन् ।
वडा अध्यक्ष पशुपती लोहनीले एकलौटी गरि वडा नं. १३ को लागि आएको बजेटले बडा नं. १२ मा बाटो खनिएको समेत स्थानीयको आरोप छ । गत बर्ष वडा कार्यलयमार्फत बेतिनी झुपु सडक खण्डका लागि रु १३ लाख विनियोजन भएकोमा वडा अध्यक्ष लोहनीले बाटो समितिलाई खन्न निर्देशन दिंंर्दैे वडामा बाटो खनाएका थिए । वडा अध्यक्ष लोहनीले बाटो समितिलाई ऋण काटेर पुनः बाटो खन्न लगाएका थिए ।
यसपटक त्यही सडक खण्डका लागि १० लाख बजेट विनियोजित गरेका लोहनीले पुरानै समितिले खनेको बाटो खन्नका लागि समिति पुनर्गठन गरेका थिए । समिति गठन भएपनि लोहनीले यस पटक कुनै काम गर्न दिएनन् । अघिल्लो बर्षकै कामको ऋण भएको भन्दै लोहनीले रकम भुक्तान गर्न लगाएको बताईन्छ । १० लाख बजेट मध्ये अहिले ६ लाख रुपैया लिइसके, कामै नगरी यो पटकको बजेट भुक्तान गर्ने भए स्थानीहरुले गुनासो गरे ।
यस विषयमा नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले काम नगरी बजेट सकाएको पाइए कार्वाही हुने बताइन । जुन शिर्षकमा बजेट छुट्याइएको हो त्यही विषयमा खर्च गर्नुपर्छ अन्यथा गर्न पाइदैन उनले भनिन ।
वडा अध्यक्षले बजेटमा मनपरी भएसँगै यत्तिखेर वडाबासी आक्रोशित भएका छन् । अझ बाटो निर्माणको नाममा बनेको उपभोक्ता समितिका कोषाध्यक्ष वेदकुमारी अधिकारीलाई हस्ताक्षर नै नगराई बजेट लिइएपछि स्थानियहरु थप आक्रोशित भएका छन् । मेरो हस्ताक्षर नै नभई कसरी रकम झिके म अन्यौलमा छु उनले भनिन् । अघिल्लो बर्ष समेत आफ्नो दस्तखत बिनै रकम झिकेको उनले गुनासो गरिन । खाता खोल्ने बेलमा कोषाध्यक्ष भन्छन् तर रकम झिक्न मेरो सही नै किर्ते गरिरहेका छन् उनले भनिन ।
उपभोक्ता समितिका अध्यक्ष तिलक तिमल्सिनासँग वडा अध्यक्षको बढी नै हिमचिम छ, जसकारण न त बजेट हालिएको ठाउँमा काम हुन्छ, नत हालिएको बजेट अनुसार नै काम हुन्छ मनपरी धेरै भयो स्थानियहरुले गुनासो गरे । अघिल्लो बर्ष काम गर्नुपर्ने ठाउँमा काम नगरी अन्यत्रै पैसा सके यो पटक कामै नगरी अघिल्लो बर्षको ऋण तिर्ने भनेर कामै नगरी रकम बुझे स्थानीयहरुले भने ।
हाम्रो कुराबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया