नुवाकोटका ७७ जना कोरोनालाई जितेर घर फर्किए
विदुर खबर
२०७७ भदौ २२ गते १७:२१

नुवाकोट । नुवाकोटका ७७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एकसय २ जना कोरोना संक्रमितमध्ये ७७ जना निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार निको भएका व्यक्तिहरुमा १६ जना महिला र ६१ पुरुष रहेका छन् । सुचना अधिकारी खनालका अनुसार जिल्लाका २२ महिला र ८० पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नुवाकोटमा ९ सय महिला र २ हजार ९ सय ३ जना पुरुष गरि ३ हजार ८ सय ३ जनाको पिसिआर चेकजाँच गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यसमध्ये ३ हजार ६ सय २९ जनाको पिसिआर नजिता प्राप्त भइसकेको छ भने एकसय ६४ जनाको पिसिआर रिर्पाेट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया