नुवाकोटका ७७ जना कोरोनालाई जितेर घर फर्किए
विदुर खबर
२०७७ भदौ २२ गते १७:२१
नुवाकोट । नुवाकोटका ७७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एकसय २ जना कोरोना संक्रमितमध्ये ७७ जना निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार निको भएका व्यक्तिहरुमा १६ जना महिला र ६१ पुरुष रहेका छन् । सुचना अधिकारी खनालका अनुसार जिल्लाका २२ महिला र ८० पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नुवाकोटमा ९ सय महिला र २ हजार ९ सय ३ जना पुरुष गरि ३ हजार ८ सय ३ जनाको पिसिआर चेकजाँच गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यसमध्ये ३ हजार ६ सय २९ जनाको पिसिआर नजिता प्राप्त भइसकेको छ भने एकसय ६४ जनाको पिसिआर रिर्पाेट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया