देशभर ९७९ जना कोभिड १९ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १७३६
विदुर खबर
२०७७ भदौ २२ गते १६:३३
नुवाकोट । गत २४ घण्टामा देशभर ९७९ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै कोभिड १९ पुष्टि हुनेको संख्या ४७ हजार २३६ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७३६ जना छन् भने हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भइसकेका छन् । हाल क्वारेन्टिनमा चार हजार ७३९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना र होम आइसोलेसनमा सात हजार १९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।
गत एक दिनमा ९ हजार २१८ पीसीआर परीक्षण भएको छ । यसरी हालसम्म नेपालमा सात लाख ७७ हजार ५६३ परीक्षण भइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया